काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ५ मा ईश्वर पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । पोखरेलले टोखा नगरपालिकाको श्री समाज भवनमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर औपचारिक रूपमा मनोनयन दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बहुदलीय प्रणालीमा नयाँ दलको स्थापना हुनु र चुनावमा प्रतिष्पर्धा हुनु स्वभाविक भएको बताए ।
उनले राजनीतिमा नयाँ–पुरानो व्यक्तिलाई भन्दा बिचारलाई समयसँगै परिस्कृत गर्नुपर्ने उल्लेख गरे । पोखरेलले काठमाडौं–५ मा जनताको समर्थन बलियो रहेको भन्दै आफ्नो पक्षमा नजिता आउने दावी गरे । साथै उनले आफ्नो क्षेत्रमा एमालेको संगठनात्मक मजबुती पनि कायम रहेको बताए, जसले चुनावी रणनीतिमा विश्वास थपेको छ ।
७ माघ २०८२, मङ्गलबार ०३:३८ मा प्रकाशित