नेपाली बजारमा सुन घट्यो, चाँदीको मूल्य बढ्यो

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार घटेर २ लाख ७० हजार रुपैयाँ कायम भएको हो। यता, चाँदीको मूल्य भने बढेको छ। आइतबार तोलामा ४ हजार ८३५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार बढेर तोलामा ४ हजार ८९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारको उतारचढाव र स्थानीय माग–आपूर्तिको अवस्थाले सुनचाँदीको मूल्यमा दैनिक रूपमा सामान्य परिवर्तन देखिने गरेको व्यवसायीहरू बताउँछन्।

प्रतिक्रिया