काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ। बैठकमा अर्थ मन्त्रालयले विभिन्न एजेन्डा लिएर छलफल गर्नेछ।
आधिकारिक स्रोतका अनुसार बैठकमा राष्ट्रिय पुनर्निर्माण कोषबारे निर्णय हुनसक्ने सम्भावना छ। त्यस्तै, सरकारी खर्चमा मितव्ययिता कायम राख्ने सम्बन्धी निर्णय पनि हुनसक्ने बताइएको छ।
अर्थ मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् कि फागुन २१ मा हुने चुनावका लागि बजेट व्यवस्था र पुनर्निर्माण सम्बन्धी खर्चको जोहो गर्ने विषयमा पनि बैठकमा छलफल हुने छ।
५ असोज २०८२, आईतबार ०१:३२ मा प्रकाशित