काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आइपुगेका छन्। उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको ठूलो भीड उपस्थित भएको छ। स्वागत गर्न विमानस्थलमा दुर्गा प्रसाईं र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता कमल थापा लगायतका समर्थकहरू भेला भएका छन्। प्रशासनले विमानस्थल क्षेत्रमा निषेधाज्ञा जारी गरेको भए पनि समर्थकहरूको भीड रोक्न सकेको छैन। सुरक्षा व्यवस्था विमानस्थल वरिपरि कडा पारिएको छ।
३१ माघ २०८२, शुक्रबार ०२:१२ मा प्रकाशित