टिकट नपाएपछि पूर्वसांसद यज्ञजित शाहले छाडे एमाले

nepaltext.com

५ माघ, बुटवल । पूर्वप्रधानमन्त्री डा. केआई सिंहका छोरा तथा पूर्वसांसद यज्ञजित शाहले नेकपा एमाले परित्याग गरेका छन् । रुपन्देही–३ बाट उम्मेदवार बन्ने आकांक्षा राख्दै आएका शाहले सो क्षेत्रमा वासुदेव घिमिरेलाई टिकट दिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्दै औपचारिक रूपमा राजीनामा बुझाएका हुन् । टिकट नपाउने निश्चित भएपछि उनले पार्टीभित्र अवसरवादी प्रवृत्ति हाबी भएको र आफूजस्ता पुराना कार्यकर्तालाई कुनै भूमिका नदिइएकाले अब बसिरहनु उपयुक्त नदेखिएको उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले पार्टी प्रवेश गरेयता कुनै जिम्मेवारी नपाएको गुनासो पनि गरेका छन् । करिब नौ वर्षअघि केपी शर्मा ओली र विष्णु पौडेललाई भेटेर एमाले प्रवेश गरेका शाह २०३८ सालदेखि रुपन्देहीमा बसोबास गर्दै आएका छन् र लामो समयदेखि यही क्षेत्रको राजनीतिमा सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया