अजयबाबु शिवाकोटीलाई जिताउन 'जेन-जी' मैदानमा, महेन्द्र खड्काको नेतृत्वमा पालिका तहसम्मै संरचना विस्तार

nepaltext.com

रीकोट (दोलखा) । आगामी निर्वाचनका लागि दोलखामा चुनावी सरगर्मी बढ्दै जाँदा नेपाली कांग्रेसले नयाँ पुस्तालाई लक्षित गरी 'जेन-जी' (Gen-Z) परिचालन समितिलाई सक्रिय बनाएको छ। नेपाली कांग्रेस जेन-जी परिचालन समिति दोलखाका संयोजक महेन्द्र खड्काले जिल्लाका नौ ओटै स्थानीय तहमा संगठन सुदृढीकरण र युवा परिचालनका लागि संयोजकहरू नियुक्त गरेका हुन्।

मंगलबार एक सूचना जारी गर्दै संयोजक खड्काले नवनियुक्त संयोजकहरूलाई आ-आफ्नो कार्यक्षेत्रभित्र युवा संगठन निर्माण र समन्वय गर्दै पार्टीको नीति तथा आदर्शअनुसार सक्रिय रहन निर्देशन दिएका छन्।

पालिका संयोजकहरूको नामावली यसप्रकार छ:

  • भीमेश्वर नगरपालिका: सुशील रिजाल

  • जिरी नगरपालिका: रमेश खड्का

  • कालिन्चोक गाउँपालिका: रामकृष्ण धामी

  • मेलुङ गाउँपालिका: मनोज भण्डारी

  • बैतेश्वर गाउँपालिका: प्रशान्त तामाङ

  • शैलुङ गाउँपालिका: अम्बर मोक्तान

  • तामाकोशी गाउँपालिका: सौगात खड्का

  • बिगु गाउँपालिका: प्रेम दोर्जे शेर्पा

  • गौरीशंकर गाउँपालिका: प्रेम तामाङ

यसअघि दोलखाबाट संघीय संसद्का लागि स्वतन्त्र उम्मेदवारी दिएका जेन-जी पुस्ताका अगुवा महेन्द्र खड्काले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीलाई समर्थन गरेका थिए। अहिले उनकै नेतृत्वमा जिल्लाभर युवा परिचालनको काम अघि बढाइएको हो।

"अनुभवी र स्पष्ट भिजन भएका व्यक्तिलाई समर्थन गर्दा मात्र समाजमा वास्तविक परिवर्तन आउँछ भन्ने विश्वासका साथ मैले उम्मेदवारी फिर्ता लिएर शिवाकोटीको अभियानमा होमिएको हुँ," खड्काले भने। उनले भावनामा बहकिएर भन्दा पनि ठोस नतिजा दिन सक्ने नेतृत्वलाई साथ दिनु आवश्यक रहेकोमा जोड दिँदै शिवाकोटी जस्तो बौद्धिक व्यक्तित्वले संसद्मा दोलखाको आवाज बुलन्द पार्ने दाबी गरे।

प्रतिक्रिया