अदालत जले पनि न्याय जलेको छैन: महेश बस्नेत

nepaltext.com

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहप्रति कडा आलोचना गरेका छन्। शुक्रबार राष्ट्रिय युवा संघको कार्यक्रममा बोल्दै बस्नेतले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको उदाहरण प्रस्तुत गर्दै विदेशी शक्तिको स्वार्थ पूरा भएपछि नेताहरूको हैसियत जोकरमा सीमित हुने टिप्पणी गरे। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्कीलाई जोकर भन्न लागेको प्रसंग उल्लेख गर्दै नेपालमा पनि विदेशी स्वार्थका कारण ‘सिंगापटार’ गरिएका जेलेन्स्कीहरू एक होइन, दोहोरो अवतारमा घुमिरहेको दाबी गरे। विदेशीको स्वार्थ पूरा भइसकेपछि उनीहरूले नेता नभएर जोकर भनेर सम्बोधन गर्ने अवस्था आउने उनको भनाइ थियो।

बस्नेतले राष्ट्र बेच्नसमेत तयार पारिएका यस्ता जोकरहरूलाई युवा पुस्ताले गम्भीर रूपमा बुझ्नुपर्ने आवश्यकता औंल्याए। साथै, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता नलिने अदालतको फैसलाप्रति धन्यवाद व्यक्त गर्दै अदालत जलेको भए पनि न्याय नजलेको प्रमाणित भएको धारणा उनले राखे।

प्रतिक्रिया