बिहीबारको तुलनामा आज सस्तियो सुनचाँदी

nepaltext.com

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट आएको छ। बिहीबारको तुलनामा दुवै धातुको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुनको मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ र चाँदी चार हजार ९८० रुपैयाँ रहेको थियो। त्यसअघि गत बुधबार एक तोला छापावाल सुन तीन लाख चार हजार ७०० रुपैयाँ र चाँदी पाँच हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने गत मङ्गलबार सुनको मूल्य दुई लाख ९० हजार ३०० रुपैयाँ र चाँदी पाँच हजार ३३५ रुपैयाँ कायम भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ८२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको सेतो धातुको मूल्य ७४ अमेरिकी डलर रहेको छ।

प्रतिक्रिया