काठमाडौं । नेपाली शेयर बजार आज भारी अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक ५३.०१ अंकले उकालो लाग्दै २,८१९ विन्दुमा पुगेको हो।
आजको कारोबारमा २३२ कम्पनीका शेयर मूल्य बढ्दा १९ कम्पनीका घटेका छन्। कुल ३२१ कम्पनीका १ करोड ४९ लाख ८६ हजारभन्दा बढी कित्ता शेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ६८ करोड रुपैयाँ नाघेको छ।
सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स अगाडि रहेको छ। यस कम्पनीको मात्रै ६५ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यसैगरी, नेपाल पुनर्बीमा कम्पनीको ५० करोड ५२ लाख र ग्रिन भेञ्चरको ४६ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
लगानीकर्तामध्ये आज सबैभन्दा बढी नाफा विकास हाइड्रोपावरका लगानीकर्ताले पाएका छन्। उनीहरूले १० प्रतिशत नाफा कमाएका छन्। त्यसपछि समता घरेलु लघुवित्तका लगानीकर्ताले ९.३६ प्रतिशत, ग्रिन भेञ्चरका लगानीकर्ताले ८.०८ प्रतिशत र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले ७ प्रतिशत नाफा कमाएका छन्।
तर, आज सबैभन्दा धेरै घाटा केबिएल डिबेञ्चर २०८६ का इकाईधनीले बेहोरेका छन्। उनीहरूले ५.७९ प्रतिशतको दरले गुमाएका छन्।