काठमाडौं । नेकपा एमालेले एक हप्ताभित्र संशोधित विधान प्रकाशन गर्ने भएको छ। दोस्रो विधान महाधिवेशनबाट संशोधित विधान र राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने निर्णय महासचिव शंकर पोखरेलले प्रस्ताव गरेका हुन्। जारी केन्द्रीय कमिटी बैठकको हलले उक्त प्रस्ताव निर्णयार्थ पेश गरेको छ।
महासचिव पोखरेलले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा भने, ‘पार्टीको दोस्रो विधान महाधिवेशनबाट संशोधित विधानमा राष्ट्रिय महाधिवेशनले गरेको संशोधन समेत समावेश गरी विधान सम्पादन तथा प्रकाशन गर्ने।’ साथै, नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यलाई जिम्मेवारी प्रदान गर्ने अख्तियारी केन्द्रीय सचिवालयलाई प्रदान गर्ने प्रस्ताव पनि निर्णयका लागि प्रस्तुत गरिएको छ।
४ पुस २०८२, शुक्रबार ०४:३६ मा प्रकाशित