सर्वोच्चको परमादेशपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणमा
nepaltext.com
२५ मङ्सिर २०८२, बुधबार
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतको परमादेशपछि पदबहाली गरेका छन् । सर्वोच्चले सोमबार प्राधिकरणमा पुनर्बहाली गर्ने आदेश जारी गरेसँगै उनी बुधबार बिहानै कार्यालय पुगेका हुन् । न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले गत असोज ५ गते गरेको बर्खास्ती निर्णय असंगत ठहर गरेको थियो । घिसिङले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएका थिए भने, सो निर्णयविरुद्ध शाक्य सर्वोच्च पुगेका थिए । अदालतले सरकारको निर्णय उल्ट्याउँदै उनलाई पूर्ववत् स्थिति कायम गर्न आदेश दिएपछि शाक्य पुनः प्राधिकरणमा कार्यभार सम्हाल्न पुगेका हुन् ।