नेपाल महिला फुटबल टोली आज भुटानसँग भिड्दै

nepaltext.com

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आयोजक भुटानको सामना गर्दैछ। खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुनेछ।

दुवै टोलीले प्रतियोगिताको पहिलो खेलमा हार बेहोरेका छन्—नेपाल भारतसँग ७–० ले पराजित भएको थियो भने भुटान बंगलादेशसँग ३–१ ले हार्यो।

साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन्। प्रतियोगिता डबल राउण्ड–रोबिन प्रणालीमा भइरहेको छ, जसमा प्रत्येक टोलीले दुईपटक सबैसँग प्रतिस्पर्धा गर्नेछ। लिग चरणको अन्त्यमा सबैभन्दा धेरै अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।

प्रतिक्रिया