काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्यमा भने उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउमा कुनै परिवर्तन भएको छैन।
महासंघले सार्वजनिक गरेको विवरण अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार पनि सुन सोही मूल्यमा खरिद–बिक्री भएको थियो। विगत केही दिनदेखि उतारचढाव भइरहेको सुनको मूल्य आज भने स्थिर देखिएको हो।
सुनको मूल्य स्थिर रहे पनि चाँदीको मूल्यमा भने वृद्धि भएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७ सय १५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ५ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्यमा प्रतितोला १३० रुपैयाँले वृद्धि भएको हो। पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिने गरेको छ।