छ महिनाकी छोरी काखमा बोकेर मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्दै अमृता केसी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानबीच नेपालगन्जको एक मतदान केन्द्रमा छ महिनाकी छोरीलाई काखमा बोकेर एक महिलाले मतदान अधिकृतको जिम्मेवारी पूरा गरेकी छन्।

उच्च अदालत तुलसीपुरको नेपालगन्ज इजलासकी शाखा अधिकृत अमृता केसी ले ६ महिनाकी छोरीसहित नेपालगन्ज वडा नम्बर ६ स्थित हडिया बाबा मतदान केन्द्र (क) मा आफ्नो दायित्व निभाएकी हुन्।

अमृता केसीले देश र जनताको भविष्य निर्माणमा योगदान पुर्‍याउने ऐतिहासिक अवसरमा छोरीलाई काखमा राखेर पनि जिम्मेवारी पूरा गर्न पाउँदा गर्व लागेको बताएकी छन्।

उनले मतदान अधिकृतको रूपमा आफ्नो भूमिका निर्वाह गर्नु केवल दायित्व पूर्तिका लागि नभई आगामी पुस्ताका लागि उदाहरण प्रस्तुत गर्ने कार्य भएको बताएकी छन्।

प्रतिक्रिया