ओखलढुंगाका नेता अम्बिरबाबु गुरुङले एमाले छाडे, नेकपा मार्फत चुनावी मैदानमा प्रवेश

nepaltext.com

विराटनगर । ओखलढुंगाका एमाले नेता अम्बिरबाबु गुरुङले पार्टी छाडेका छन् । टिकट वितरणप्रति असन्तुष्ट देखिएका उनी अब नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट उम्मेदवार बन्न लागेका छन् । उनले औपचारिक रूपमा एमाले परित्याग गरी नेकपा मार्फत चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने घोषणा पनि गरेका छन् । नेकपाका स्रोतका अनुसार यसअघि टिकट पाएका रामकुमार कार्कीलाई ब्याक गराएर अम्बिरबाबु गुरुङलाई उठाउने तयारी गरिएको छ ।

७४ मा ओखलढुंगाबाट प्रदेशसभा जितेका गुरुङ कोशी प्रदेशमा भौतिक पूर्वाधार राज्यमन्त्री पनि भइसकेका छन् । ७९ मा उनले कांग्रेसका प्रदीप सुनुवारसँग पराजित भएका थिए। यस निर्णयसँगै ओखलढुंगाको चुनावी समीकरणमा ठूलो प्रभाव पर्ने देखिन्छ।

प्रतिक्रिया