काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य रूपमा घटेको छ भने चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार सोही सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार आज सुनको मूल्यमा प्रतितोला १०० रुपैयाँको गिरावट आएको हो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३४० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार २९० रुपैयाँमा कारोबार भएको थियो। यस हिसाबले चाँदीको मूल्यमा प्रतितोला ५० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा हुने दैनिक उतारचढावका आधारमा नेपाली बजारमा सुन तथा चाँदीको मूल्य निर्धारण हुँदै आएको छ।
३० माघ २०८२, बिहिबार १२:०० मा प्रकाशित