काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण स्वीकृत गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको नेतृत्वमा जाने प्रतिनिधिमण्डलको जापान भ्रमणलाई औपचारिक रूपमा अनुमोदन गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए । नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठको अवसरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । उक्त कार्यक्रम माघ १८ देखि २१ गतेसम्म सञ्चालन हुनेछ, जसमा दुई देशबीचको दीर्घकालीन मित्रता, सहकार्य र आपसी सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल तथा औपचारिक समारोहहरू आयोजना हुने जनाइएको छ ।
१६ माघ २०८२, बिहिबार ०५:३२ मा प्रकाशित