सिंहदरबारमा शिष्टाचार भेट : अमेरिकी राजदूतले कार्कीलाई दिए शुभकामना

nepaltext.com

काठमाडौं – नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा राजदूत थम्पसनले नेपालको नयाँ कार्यकारी प्रमुख बनेकी कार्कीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्।

प्रधानमन्त्री कार्कीले हालै सम्पन्न जेनजी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि पदभार सम्हालेकी हुन्।

प्रतिक्रिया