फागुनको पहिलो दिन सुन तीन हजारले घट्यो

nepaltext.com

काठमाडौं । फागुन महिनाको पहिलो कारोवार दिन शुक्रबार नेपाली बजारमा सुन तथा चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको हो।

बिहीबार प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार घटेर ३ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। केही दिनयता निरन्तर उतारचढाव देखिएको सुनको मूल्य फागुनको सुरुवातसँगै ओरालो लागेको हो।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ३४० रुपैयाँले घटेर ५ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिदबिक्री भएको थियो। अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमय दरको उतारचढावका कारण स्थानीय बजारमा मूल्य परिवर्तन देखिएको व्यवसायीहरूले बताएका छन्।

प्रतिक्रिया