महेश बस्नेत बारा पूग्दै गर्दा सिमरा विमानस्थलमाGenZ–एमाले कार्यकर्ता बिच झडप, आक्रोशित समूहले विमानस्थलको गेट फुटाएपछि कर्फ्यु जारी

nepaltext.com

३ मंसिर, काठमाडौं। नेकपा एमालेका कार्यकर्तासँग झडप भएपछि आक्रोशित समूहले बाराको सिमरा विमानस्थलको मुख्य गेट तोडेको छ। केही युवाले विमानस्थलको प्रवेशद्वारमा रहेको फलामको गेट फुटाएका छन्। विमानस्थलको मुख्य गेटमा दुई जना मात्र प्रहरी तैनाथ थिए। युवाहरूले गेट बाहिरबाट धकेल्न थालेपछि भित्रबाट प्रहरीहरूले रोक्न खोजे तर सफल भएनन्। गेट भाँचिएर प्रहरीमाथि खसेको थियो। त्यसपछि केही युवाहरू भित्र प्रवेश गरे पनि केहीबेरमै प्रहरीहरूले उनीहरूलाई बाहिर निकालेको छ।

बाराको परवानीपुरमा आज आयोजित युवा संघको कार्यक्रममा सहभागी हुन नेकपा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितको टोली बारा जाँदै थियो। नेताहरू बारा नपुग्दै स्थानीय युवाहरू र एमाले कार्यकर्ताबीच सिमरा बजारमा झडप भएको थियो। त्यसपछि आक्रोशित समूहले एमाले नेताहरू विमानस्थल आउन लागेको सूचना पाएपछि गेट फुटाउँदै भित्र प्रवेश गरेको थियो।

तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सिमरा क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया