ललितपुर । मादक पदार्थ सेवन गरी आफ्नै पत्नीको हत्या गरेको घटनामा पति प्रहरी कार्यालयमा आफैं उपस्थित भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–७, देवीचौरमा बसोबास गर्ने ३० वर्षीय विनोद पाख्रिनले २३ वर्षीया पत्नी कोपिला पाख्रिनको हत्या गरेका हुन्। प्रहरी वृत्त चापागाउँका डीएसपी शीला चापागाईंका अनुसार पतिपत्नीले सँगै मादक पदार्थ सेवन गरेका थिए र त्यसक्रममा विवाद बढेपछि विनोदले धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेका हुन्। हत्या पछि विनोद आफैं टीकाभैरवस्थित प्रहरी प्रभागमा पुगेका थिए। घटनामा उनीहरूको २ वर्षीकी छोरी रहेको छ। प्रहरीले बताएको छ कि अत्यधिक मादक पदार्थ सेवनका कारण दम्पतीको सम्बन्ध बिग्रिएर अलग–अलग डेरा गरेर बस्दै आएका थिए।
१७ माघ २०८२, शुक्रबार ०१:५७ मा प्रकाशित