सत्ता कब्जा गर्नेहरुलाई मात्रै निर्वाचन अनिवार्य चाहिएको छ : दुर्गा प्रसाईं

nepaltext.com

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश, धर्म र संस्कृति जोगाउने पत्रकारिता अहिले नेपालमा अत्यावश्यक भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलनमा उनले सबै नागरिकले मिलेर देश जोगाउन पहल नगरे डरलाग्दो अवस्था सामना गर्न तयार रहनुपर्ने चेतावनीसमेत दिएका छन्। प्रसाईंले भने, ‘हामीलाई देश वा मुलुक जोगाउने, धर्म, संस्कृति जोगाउने पत्रकारिता चाहिएको छ। अब हामी सबैजना मिलेर देश जोगाउन लागेनौं भने डरलाग्दो स्थितिको सामना गर्न तयार रहनुपर्छ।’

उनले वर्तमान राजनीतिक नेतृत्वको आलोचना गर्दै विधिवत रूपमा सत्ता कब्जा गर्ने व्यक्तिहरूलाई मात्रै निर्वाचन अनिवार्य गरिएको उल्लेख गरे। उनले थपे, ‘आज नेपालका ९० प्रतिशत जनतालाई निर्वाचन चाहिएको छैन। बच्चा मार्नलाई प्रहरीलाई आदेश दिने रमेश लेखक र केपी ओली जति दोषी छन्, त्यो बन्द कोठाभित्र बसेर योजना बनाउनेहरू पनि त्यति नै दोषी हुनसक्छन्। त्यसैले दुवै पक्षलाई कारबाही गर्नुपर्छ।’

प्रसाईंले काठमाडौंका मेयर सोविता गौतमलगायत अन्य दोषीको कथित कर्तूत समावेश भएका भिडियो चुनाव अघि सार्वजनिक गर्ने योजना रहेको पनि बताएका छन्। उनका अनुसार, यसरी जनसचेतना फैलाउँदै भ्रष्टाचार र अनियमितताविरुद्ध सचेत गराउन पत्रकारिताले भूमिका खेल्नुपर्ने छ।

प्रतिक्रिया