पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेका अभियोगमा अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। बिहीबार जिल्ला अदालत कास्की, पोखरामा तारिख बुझ्न पुगेका लामिछानेले सञ्चारकर्मीसँग कुरा गर्दै अदालतमा विभिन्न मितिहरूका लागि उपस्थित हुनुपर्ने भएकाले समय व्यवस्थापन गरिरहेको बताएका छन्। उनले भने, “मुद्दा दायर भएका अदालतमा तारिख बुझ्न आफैँ उपस्थित हुनुपर्ने भएकाले त्यही अनुसार तालिका बनाएर समय व्यवस्थापन गरिरहेको छु।”
सभापति लामिछानेले सबैले न्याय अदालतबाटै पाउने भएकाले कानूनी र अदालती प्रक्रियालाई सदैव सम्मान गर्ने पनि बताए। उनले थपे, “हामी कानूनी राज्य स्थापित गर्न हिँडेका हौँ, त्यसैले कानूनी प्रक्रियालाई राम्रोसँग बहन गर्दै अघि बढ्नेछौँ।”
३० माघ २०८२, बिहिबार ०३:३३ मा प्रकाशित