हिमाली र पहाडी क्षेत्रमा चट्याङसहित वर्षा हुने पूर्वानुमान

nepaltext

काठमाडौं – हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार (चैत ९) दिउँसो पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा केही स्थानमा र अन्य पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

रातिको समयमा पनि पहाडी र हिमाली भू–भागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहनेछ। कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानसहित अन्य स्थानका एक–दुई ठाउँमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया