रानीवारी क्षेत्रमा दुई कवाडी केन्द्रमा काठमाडौं महानगरपालिकाको डोजर

nepaltext.com

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको रानीवारी क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको छ। बिहीबार महानगर प्रहरी बलले रानीवारी क्षेत्रको टाउनप्लानिङ्मा रहेका दुई वटा कवाडी संकलन केन्द्रमा डोजर संचालन गरेको हो। महानगर प्रहरी बलका अनुसार बस्तीकाबीच कवाडी संकलन केन्द्र रहँदा जोखिम बढ्ने भएकाले ती केन्द्र हटाइएको हो।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै कवाडी संकलन केन्द्र हटाउने अभियान सञ्चालन गर्दै आएको छ। यस अभियानको विरोधमा कवाडी व्यवसायीहरूले समेत आवाज उठाउँदै आएका छन्। यसअघि पनि महानगरपालिकाले विभिन्न ठाउँमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाउँदै आएको जनाएको छ।

प्रतिक्रिया