काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधव नेपाललाई छातीमा संक्रमण देखिएपछि स्वास्थ्य परीक्षण गरी घरमै आराम गर्न सल्लाह दिइएको छ । छातीमा असहजता महसुस भएपछि उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । उनका स्वकीय सचिव लक्ष्मण रेग्मीका अनुसार नेपाल नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएका हुन् । नेपाललाई विगतदेखि नै छातीमा संक्रमणको समस्या देखिँदै आएको बताउँदै हाल उनी कोटेश्वरस्थित निवासमै चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेको रेग्मीले जानकारी दिए ।
१६ माघ २०८२, बिहिबार ११:१२ मा प्रकाशित