काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको समानुपातिक बन्दसूचीमा रहेका ५० जनाले आफ्नो नाम फिर्ता गर्न निवेदन दिएका छन्। यसमा नेकपा एमालेका तीन जनासहित अहिलेसम्म कुल ५० जनाले निर्वाचन आयोगमा निवेदन पेस गरेका हुन्। एमालेका तर्फबाट खसआर्य समूहमा ठाकुर प्रसाद शर्मा, मधेसी महिला समूहमा अंशु सिह र आदिवासी जनजाति समूहमा विजयसिह लामाले नाम फिर्ता गर्न निवेदन दिएका छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) बाट ताराकुमारी माझी र जनमत पार्टीको खसआर्य समूहबाट प्रेम प्रसाद आचार्यले पनि आफ्नो नाम फिर्ता गर्ने निवेदन पेस गरेको निर्वाचन आयोगले जानकारी दिएको छ।
२८ पुस २०८२, सोमबार ०२:५८ मा प्रकाशित