काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष पदको प्रतिस्पर्धामा यसपटक विजयी हुन नसके पनि मतदाताप्रति आभार व्यक्त गरेका छन्। अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै महाधिवेशनको क्रममा उठाएका मुद्दाहरू निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन्। पोखरेलले आफ्नो भनाइमा उल्लेख गरेका छन् कि आफू विजयी नभए पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा उनको सहभागिता र संलग्नता अटुट रहनेछ। उनले पार्टीभित्रको आफ्नो योगदान निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्दै समर्थकहरूलाई धन्यवाद दिएका छन्।
३ पुस २०८२, बिहिबार ०२:४१ मा प्रकाशित