जनकपुरधामl जिल्ला प्रशासन कार्यालय, पर्साले वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ दाहालका अनुसार बिहान पौने १० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यू लागू गरिएको हो।
कर्फ्यू लागू गरिएका क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठकलगायतका गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको प्रशासनले जनाएको छ।
पछिल्लो समय देखिएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले कर्फ्यू आदेश जारी गरिएको प्रशासनको भनाइ छ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू आदेशको पालना गर्न तथा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ।
११ फाल्गुण २०८२, सोमबार ११:२८ मा प्रकाशित