काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी जुम्ला जिल्ला उपसभापति तारा शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। कांग्रेस केन्द्रीय सदस्य रामुदेवी खड्काले शाहीलाई खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेकी हुन् । शाही जुम्लाको चन्दननाथ नगरपालिका–५ निवासी हुन् । कांग्रेस प्रवेश गरेलगत्तै शाहीले भनिन् राष्ट्रिय स्वतन्त्र पार्टी अन्य पुराना दलभन्दा भ्रष्ट र अराजक भएकाले आफुले नविन कांग्रेस पार्टी रोजेको बताएकी छन् । उनले एउटै व्यक्ति दर्जनौं अभियोग लागेर जेल बस्दा पनि निरन्तर नेतृत्वमा रहिरहने कार्यकर्ताहरुको योगदानको कदर नहुने , अवसर जति सबै सुकिला मुकिला र सौन्दर्यताका आधारमा प्रदान गर्ने जस्ता दर्जनौं विकृति रास्वपा भित्रै मौलाउदै गएकाले उक्त पार्टीमा बस्न नसकेको जनाएकी छन् । शाहीले जुम्ला सहित देशभरका अधिकांश निर्वाचन क्षेत्रमा कांग्रेसको जित शुनिश्चित गर्न सबै मतदाताहरुलाई आव्हान समेत गरेकी छन् । उनले भनिन् नयाँ भनाउँदा चटके र विकृती विसंगतीले ग्रस्त भएको झुण्डमा बसेर मुलुकको हित नहुने निश्चित छ त्यसैले रास्वपा भएका तमाम साथीहरु यो पटक कांग्रेस नयाँ हो त्यसैले नविन कांग्रेसमा गोलबद्ध होउँ, यहि कांग्रेसले देशमा शुसाशन कायम गरी भ्रस्टाचारको अन्त्य गर्दै समुन्नत मुलुक निर्माण गर्ने छ ।