नेपाली बजारमा आज सुनचाँदीको मूल्य उल्लेखनीय रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ९ हजार ५ सय रुपैयाँले घट्दै छापावाल सुन २ लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो भने सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो। सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आज चाँदी प्रतितोला ६२० रुपैयाँले घटेर ४ हजार ९ सय ८० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ। हिजो चाँदी प्रतितोला ५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
२३ माघ २०८२, बिहिबार ०१:१८ मा प्रकाशित