चीनमा एससिओ प्लस सम्मेलन : ओलीले कम्बोडिया र माल्दिभ्स नेतासँग भेटवार्ता

nepaltext.com

 प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीनको थियानजिनमा सुरु भएको शाङ्घाई सहयोग संगठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सक्रिय कूटनीतिक भेटवार्ता गरेका छन्।

सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग दुईपक्षीय वार्ता गरेका छन्। त्यस्तै, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जुसँग पनि प्रधानमन्त्री ओलीले छुट्टै भेटवार्ता गरी आपसी चासोका विषयमा छलफल गरेका छन्।

यसै क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधनसमेत गरेका छन्। चीनको थियानजिन मेइजियान सम्मेलन केन्द्रमा सुरु भएको यो शिखर सम्मेलनमा सहभागी मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले क्षेत्रीय सहयोग, आपसी विश्वास र विकासका मुद्दामा विचार विमर्श गरिरहेका छन्।

प्रतिक्रिया