अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्दै, नीति तथा कार्यक्रम र विनियोजन विधेयकका प्रस्ताव पेस हुने

nepaltext

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभामा सम्बोधन गर्ने भएका छन् ।

उक्त सम्बोधन सरकारको आगामी आर्थिक वर्ष २०८३-८४ को नीति तथा कार्यक्रममाथि सभामा उठाइएका प्रश्नहरूको जवाफ दिने उद्देश्यले तय गरिएको हो ।

सम्बोधनपछि सरकारले ल्याएको नीति तथा कार्यक्रमसम्बन्धी संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसपछि मूल नीति तथा कार्यक्रम पनि सभामा निर्णयार्थ पेस गरिनेछ ।

कार्यसूची सम्पन्न भएपछि आजै अर्थमन्त्री वाग्लेले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया