सरकारले जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख क्षतिपूर्ति
काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउने सबैलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकले मृतकका परिवारलाई प्रतिव्यक्ति १०–१० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको हो ।
मुख्यसचिव एक नारायण अर्यालका अनुसार, घाइतेहरुको उपचार खर्च पूर्ण रूपमा सरकारले व्यहोर्ने व्यवस्था मिलाइएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको छ।
“मृतकलाई शहीद घोषणा गर्ने र परिवारलाई १० लाख उपलब्ध गराउने, साथै घाइतेको निशुल्क उपचार सुनिश्चित गर्ने निर्णय भएको छ,” मुख्यसचिव अर्यालले जानकारी दिए।
सरकारी तथ्यांकअनुसार आन्दोलनमा हालसम्म ७२ जनाको ज्यान गएको छ। तीमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्।