काठमाडौं, ४ चैत – राष्ट्रिय योजना आयोगले नयाँ नेतृत्व पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. गुणाकर भट्टलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
आयोगको रिक्त उपाध्यक्ष पदमा डा. भट्टलाई नियुक्त गरिएको जानकारी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले दिइन् ।
२४ चैत २०८२, मङ्गलबार ०१:५४ मा प्रकाशित