भारतले गरे नेपाललाई २०२६/२७ का लागि ८ सय करोड भारु अनुदान दिने घोषणा

nepaltext.com

काठमाडौँ । भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/२७ का लागि नेपाललाई ८ सय करोड भारतीय रुपैयाँ, करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान दिने घोषणा गरेको छ। भारतका वित्त मन्त्री निर्मला सीतारमणले आइतबार संघीय संसदमा पेस गरेको केन्द्रीय बजेट २०२६–२७ मा उक्त रकम औपचारिक रूपमा विनियोजन गरिएको हो। यो अनुदान रकम अघिल्लो वर्षहरूको तुलनामा बढेको देखिन्छ । आर्थिक वर्ष २०२४–२५ मा नेपाललाई ७ अर्ब भारतीय रुपैयाँ अनुदान दिइएको थियो भने २०२३–२४ मा ६ अर्ब ५७ करोड भारतीय रुपैयाँ उपलब्ध गराइएको थियो। भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत प्रदान गरिने यो सहयोगले नेपालका विकास प्रयासहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। विशेषगरी पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा तथा आपत्कालीन राहत जस्ता क्षेत्रमा दुई देशबीचको दीर्घकालीन साझेदारी अझ मजबुत हुने विश्वास गरिएको छ।

प्रतिक्रिया