नेकपाको बन्दसूची परिमार्जन, खस आर्य महिला समूहबाट पञ्चा सिंहको नाम हटाइयो

nepaltext.com

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले समानुपातिक निर्वाचनतर्फको बन्दसूचीमा परिमार्जन गर्दै ‘खस आर्य महिला’ समूहको क्रमसंख्या ४ मा रहेकी पञ्चा सिंहको नाम हटाउने निर्णय गरेको छ। पौष १४ गते निर्वाचन आयोगमा बुझाइएको प्रारम्भिक बन्दसूचीमा समावेश रहेकी सिंहको नाम पार्टीभित्रको जनशक्ति व्यवस्थापन र एकता प्रक्रियामा सहभागी अन्य राजनीतिक घटकहरूको समायोजन गर्नुपर्ने विशेष परिस्थितिका कारण पौष १८ गते बसेको बैठकको निर्णयअनुसार हटाइएको हो। सो परिमार्जनपछि तयार गरिएको नयाँ बन्दसूची पुनः निर्वाचन आयोगमा पेस गरिएको र यो सम्पूर्ण प्रक्रिया पार्टीकै तर्फबाट आधिकारिक रूपमा सहजीकरण गरिएको कुरा स्वयं पञ्चा सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी छन्। आफ्नो स्टाटसमार्फत उनले राजनीति व्यक्तिगत अवसर वा पदप्राप्तिको माध्यम नभई त्याग, निष्ठा र जनसेवाको मार्ग भएको उल्लेख गर्दै पार्टीको बृहत्तर हितका अगाडि व्यक्तिगत पद र हैसियत गौण हुने स्पष्ट सन्देश दिएकी छन्। साथै, आगामी निर्वाचनमा पार्टी र उम्मेदवारको विजय सुनिश्चित गर्न सबैलाई सक्रिय भूमिका खेल्न आह्वान गर्दै उनले संगठनप्रति आफ्नो प्रतिबद्धता र एकताको भावनालाई पुनः जोडदार रूपमा प्रस्तुत गरेकी छन्।

प्रतिक्रिया