भोजपुरमा हावाहुरीले सशस्त्र प्रहरीको ब्यारेकको छाना उडायो, बसोबासमा समस्या

nepaltext

भोजपुर – सोमबार राति परेको हावाहुरीका कारण भोजपुर नगरपालिका–१२, कोटडाँडास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५, गुल्म हेडक्वाटरको ब्यारेकको छाना उडेको छ। यसले कार्यरत सुरक्षाकर्मीको बसोबासमा समस्या सिर्जना गरेको छ।

गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिब्यराज कोइरालाका अनुसार हावाहुरीसँगै वर्षात् भएकोले सुरक्षाकर्मीलाई बस्न असजिलो भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार हावाहुरीले घरका छाना, विद्यालय, स्वास्थ्य संस्था, रेडियो टावर र नेपाल टेकिलमको टावरमा समेत क्षति पुर्‍याएको छ। हाल जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको छ।

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी राजन पौडेलले जानकारी दिए “भौतिक संरचनामा भएको क्षतिको विवरण संकलन भएपछि राहतको विषयमा छलफल गरिनेछ।” स्थानीय तहहरू समेत राहत र विवरण संकलनमा सक्रिय छन्।

प्रतिक्रिया