बंगलादेशले पायो नयाँ प्रधानमन्त्री, मंगलबार शपथ लिँदै तारिक रहमान

nepaltext.com

ढाका । Bangladeshले मंगलबार नयाँ जननिर्वाचित प्रधानमन्त्री पाउँदैछ। गत बिहीबार सम्पन्न आमनिर्वाचनमा Bangladesh Nationalist Party (बिएनपी)ले दुई तिहाइभन्दा बढी सिट जितेपछि पार्टीका अध्यक्ष Tarique Rahman प्रधानमन्त्री बन्न लागेका हुन्। बंगलादेशी सञ्चारमाध्यमका अनुसार उनले मंगलबार संसद भवनमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ।

अन्तरिम सरकारका प्रमुख Muhammad Yunusले शपथ ग्रहण समारोहका लागि नेपालसहित चीन, भारत, साउदी अरेबिया, टर्की, पाकिस्तान, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया, ब्रुनाई, माल्दिभ्स र भुटान गरी १३ देशलाई निमन्त्रणा पठाएका छन्। नेपाल, भारत र पाकिस्तानलगायतका मुलुकहरूले बंगलादेशी जनता, बिएनपी र त्यसका अध्यक्ष तारिक रहमानलाई निर्वाचन सफलताका लागि बधाई सन्देश दिएका छन्।

तारिक पूर्वराष्ट्रपति Ziaur Rahman तथा पूर्वप्रधानमन्त्री Khaleda Ziaका जेठा छोरा हुन्। उनी १७ वर्षपछि चुनावअघि मात्रै स्वदेश फर्किएका थिए। स्वदेश फर्किएको केही दिनमै उनकी आमा खालिदा जियाको निधन भएको थियो। विद्यार्थी आन्दोलनमार्फत Sheikh Hasina नेतृत्वको सरकार अपदस्थ भएको १८ महिनापछि फेब्रुअरी १२ मा आमनिर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनमा ३०० सदस्यीय संसदका लागि भएको प्रतिस्पर्धामा बिएनपीले २१३ भन्दा बढी सिट जित्दै स्पष्ट दुई तिहाइ बहुमत हासिल गरेको छ। यही परिणामपछि तारिक रहमान प्रधानमन्त्रीका रूपमा शपथ लिन लागेका हुन्।

शपथ ग्रहण समारोहमा नेपालको तर्फबाट बालानन्द शर्मा सहभागी हुने कार्यक्रम रहेको छ। नेपाल परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री शर्माको भ्रमणले नेपाल–बंगलादेश सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी सहकार्यलाई प्रगाढ बनाउने नेपालको प्रतिबद्धता झल्काउने विश्वास लिइएको छ। उहाँसँग परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनेछन्। परराष्ट्रमन्त्री शर्मा फागुन ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको जनाइएको छ।

प्रतिक्रिया