काठमाडौँ,-नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि सचेतकमा पदमबहादुर परियारलाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीको संसदीय दलको विधानबमोजिम राष्ट्रियसभाका लागि सचेतकमा उहाँलाई आज मनोनयन गर्नुभएको संसदीय दलको कार्यालयले जनाएको छ । ---
१६ बैशाख २०८३, बुधबार १०:१७ मा प्रकाशित