सुन र चाँदी दुवैको मूल्य बढ्यो, यस्तो छ आजको नयाँ दर

nepaltext.com

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।

आज छापावाला सुन प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि गत शुक्रबार सुन प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि बढोत्तरी भएको छ। महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी प्रतितोला ५ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो। एकैदिन सुन र चाँदी दुवैको मूल्यमा भएको यो वृद्धिले बजारमा नयाँ तरंग पैदा गरेको छ।

प्रतिक्रिया