काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै शुक्रबार काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।
अधिकारकर्मी तथा मृतक बालिकाका आफन्तले प्रदर्शन गर्दै गरिमाको न्यायका लागि आवाज उठाएका हुन् । प्रदर्शनकारीहरूले ‘गरिमालाई न्याय दे’ लगायतका नारासहितका प्लेकार्ड बोकेका थिए ।
गरिमाको न्यायको माग गर्दै उनका परिवारले बारामा पनि निरन्तर प्रदर्शन गर्दै आएका छन् । परिवारसहित स्थानीय सडकमा धर्नामा बसेपछि वीरगञ्ज–पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध भएको छ ।
यसअघि बिहीबार राति प्रशासनले स्थानीयसँग सहमति गरे पनि मृतकका परिवारले आफूहरूको सहभागिता र अनुमतिबिना सहमति गरिएको भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।
मृतकका बुबा मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतम स्वयं आएर घटनाका दोषीलाई कडा कारबाही तथा यस्ता घटना दोहोरिन नदिन नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन् ।