काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अहिले पनि जारी छ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठक आज पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, सानेपामा बसिरहेको हो।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक बिहान ११ः३० बजेबाट सुरु भई अहिले पनि जारी छ। बैठकमा नेताहरूले आ–आफ्नो धारणा राख्ने क्रम निरन्तर चलिरहेको उनले जानकारी दिए।
मंगलबारको बैठकमा महामन्त्री गगनकुमार थापा, सह–महामन्त्री महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ, तथा केन्द्रीय सदस्यहरू— कृष्णप्रसाद सिटौला, डा. चन्द्रकान्त भण्डारी, कर्णबहादुर बुढा, डा. रणबहादुर रावल, दिलमान पाख्रिन, कुन्दनराज काफ्ले, राधा घले र शारदा पौडेलले आफ्नो–आफ्नो धारणा राखेका थिए।
२० कार्तिक २०८२, बुधबार ०१:४८ मा प्रकाशित