राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन बिहिबार तिज कार्यक्रममा सहभागी हुन बनेपा पुगेका छन् ।
पाटीको महिला संघले आयोजना गरेको तिज विशेष कार्यक्रममा सहभागी हुन अध्यक्ष लिङ्देन बिहिबार काभ्रेको बनेपा पुगेका हुन् । महिलाहरुसँग छमछम नाच्दै तिज कार्यक्रममा सहभागी हुदैगर्दा अध्यक्ष लिङ्देनले अन्य पाटी त्याग गरि राप्रपा प्रवेश गरेका संयौ युवाहरुलाई पार्टी प्रवेश गराएको उल्लेख गरेका छन् ।
दुर्गा प्रसाइको पछिल्लो अभिव्यक्तिले निकै चर्चा पाइरहेका बेला अध्यक्ष लिङ्देन महिलाहरुको तिज कार्यक्रममा सहभागी भएपनि प्रसाइले लगाएको आरोपबारे कुनै प्रतिक्रिया जनाएका छैनन् । उनलाई प्रसाइले भारतबाट गाडी चोरेर ल्याइ झापामा कटिङ गरि बिक्री गर्र्ने गरेको आरोप लगाएका थिए ।
५ भदौ २०८२, बिहिबार ०५:२८ मा प्रकाशित