काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८३ सालको शैक्षिक सत्र १५ वैशाखबाट सुरु हुने जानकारी दिएको छ।
सरकारी निर्देशन अनुसार यस सत्रको भर्ना अभियान १५ वैशाखबाट शुरु हुनेछ भने पठनपाठन २१ वैशाखबाट सुरु हुनेछ। साथै, प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा रहने व्यवस्था गरिएको छ।
केन्द्रले सबै विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार वार्षिक कार्यतालिका, शैक्षणिक योजना, शिक्षक विकास, विद्यार्थी सिकाइ सुधार र विद्यालय सुधार योजना तयार गर्न निर्देशन दिएको छ।
डा. श्याम प्रसाद आचार्यका अनुसार विद्यालयहरूले उक्त योजना कार्यान्वयन गर्न स्थानीय तहसँग समन्वय गरी आवश्यक तयारी गर्नु पर्नेछ।

२६ चैत २०८२, बिहिबार ०६:१९ मा प्रकाशित