कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन के–के हुँदै छ ?

nepaltext

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेलाको दोस्रो दिन शनिबार विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन पेस हुने भएका छन् ।

शनिबार बिहान ७ बजेदेखि ९ बजेसम्म नास्ताको समय छुट्याइएको छ । त्यसपछि बन्दसत्र सुरु हुनेछ ।

बन्दसत्रमा पूर्वउपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन र नेता एनपी साउदको समसामयिक राजनीतिक प्रतिवेदन पेस हुनेछ ।

त्यस्तै, प्रकाशशरण महतको आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीको सांगठनिक प्रस्ताव र रमेश लेखकको विधान संशोधनसम्बन्धी प्रस्ताव पनि भेलामा पेस हुने प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।

दिउँसो १२ बजेदेखि २ बजेसम्म खाना खाने समय छुट्याइएको छ । त्यसपछि बन्दसत्रमा पेस भएका प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिक्रिया