काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण प्रस्तुत गरिरहेका छन् ।
संघीय संसद्को संयुक्त बैठकमा वाग्लेले बजेट पेश गरिरहेका छन् । रास्वपा नेतृत्वको सरकारको यो पहिलो बजेट हो, जुन रास्वपाको ‘वाचापत्र’ लाई मुख्य मार्गचित्र मानेर तयार पारिएको अर्थमन्त्रीनिकट स्रोतले बतायो ।
राष्ट्रिय स्रोत अनुमान समितिले दिएको १८ खर्ब ९० अर्बको सुरूवाती सीमा (सिलिङ) दिएको थियो । तर, अर्थमन्त्रीले करिब २१ देखि २२ खर्ब रुपैयाँको ठूलो आकारको बजेट ल्याउने बताइएको छ ।
१५ जेठ २०८३, शुक्रबार ०४:२७ मा प्रकाशित