२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री उमेश प्रसाद यादव जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्। सप्तरी निवासी यादवलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले औपचारिक रूपमा पार्टीमा स्वागत गरेका हुन्। तत्कालीन माओवादी जनसरकारका प्रमुखसमेत बनेका यादव पूर्वलडाकु नेता हुन्। उनले २०७० सालमा सम्पन्न दोस्रो संविधान सभा निर्वाचनमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी हुँदै संविधानसभा सदस्यको जिम्मेवारी सम्हालेका थिए। त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा उनी सिंचाइ मन्त्रीसमेत बनेका थिए। तर, २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने उनी सोही क्षेत्रबाट उपेन्द्र यादवसँग पराजित भएका थिए। लामो समयपछि उमेश यादवको जसपा नेपाल प्रवेशलाई मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरणका रूपमा हेरिएको छ।
२२ पुस २०८२, मङ्गलबार १२:१६ मा प्रकाशित