काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य आज पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८०० रुपैयाँ कायम भएको छ।
आइतबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य एकै दिनमा प्रतितोला १ हजार ६०० रुपैयाँले बढेको हो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भइरहेको छ भने आइतबार यसको मूल्य प्रतितोला ४ हजार ७१० रुपैयाँ थियो। चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले वृद्धि भएको हो।
३२ साउन २०८३, सोमबार १२:०३ मा प्रकाशित