नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन भृकुटीमण्डपस्थित कार्यक्रम स्थलमा आइपुगेका छन् । केहीबेरमै औपचारिक रूपमा उद्घाटन हुन लागेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन उनी समयमै स्थलमा पुगेका हुन् । यसैबीच काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट बाजागाजा र सांस्कृतिक झाँकीसहित निकालिएका र्यालीहरू क्रमशः भृकुटीमण्डप प्रवेश गरिरहेका छन्, जहाँ नेता, कार्यकर्ता र प्रतिनिधिहरूको उत्साहपूर्ण उपस्थितिले महाधिवेशनको माहोल थप जीवित र ऊर्जाशील बन्दै गएको देखिन्छ । पार्टीको भावी नीति, नेतृत्व र संगठनात्मक दिशाबारे निर्णायक छलफल हुने अपेक्षा गरिएको यस विशेष महाधिवेशनको उद्घाटनसँगै कांग्रेसको आन्तरिक राजनीति नयाँ चरणमा प्रवेश गर्ने संकेतसमेत देखिएको छ ।
२७ पुस २०८२, आईतबार ०१:४८ मा प्रकाशित